जनमतले मुख्यमन्त्री सिहंलाई सरकारबाट हटायो, सभामुख समक्ष निर्णय पेश

जनकपुरधाम भदौ ३१ । मधेस प्रदेशमा सत्तासमीकरणमा नयाँ मोड आएको छ। जनमत पार्टीले आफ्ना प्रदेशसभा संसदीय दलका नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई सरकारबाट फिर्ता बोलाएको औपचारिक जानकारी सभामुख रामचन्द्र मण्डललाई बुझाएको छ।

जनमत पार्टीका मधेस प्रदेशसभा संसदीय दलका नेता महेश प्रसाद यादवद्वारा हस्ताक्षरित पत्रमा, पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ। साथै, मुख्यमन्त्री र मन्त्रीलाई पार्टीले फिर्ता बोलाएको सूचना भदौ २८ गते नै प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको पनि जनाइएको छ। सदनमा जनमत पार्टीको व्यवस्थापन र औपचारिक प्रक्रिया अघि बढाउन भन्दै नेता यादवले सभामुखसमक्ष पत्र पेस गरेका हुन्। सभामुख मण्डलले उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरी आवश्यक प्रक्रिया अघि बढाउन सचिवलाई निर्देशन दिइसकेका छन्।

यस निर्णयपछि मधेस प्रदेश सरकारको स्थायित्वमा प्रश्न उठेको छ। सतिश सिंह नेतृत्वको सरकार अल्पमतमा पर्ने प्रष्ट सङ्केत देखिएको छ, जसले गर्दा प्रदेशमा नयाँ सत्ता समीकरणको बहस सुरु भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ