काठमाडौँ भदौ ३१ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा केही भू–भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। अन्य स्थानहरूमा पनि मध्यम वर्षा हुने संकेत देखिएको छ। आज रातिसमेत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने पहाडी भूभागमा व्यापक वर्षा हुने अनुमान गरिएको छ।
पहिरो, गेग्रान बहाव ९म्भदचष्क ँयिध०, नदी–नालामा पानीको सतह बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै महाशाखाले जनतालाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी रहन अनुरोध गरेको छ। यस्तै, यातायात सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा योजना सावधानीपूर्वक बनाउन भनिएको छ।





