भारतको सडकमा नेपाली जीवन गुम्यो, सवारी दुर्घटनामा ४ मृतक, २ घाइते

भारत भदौ ३१ । भारतको हिमाञ्चल प्रदेशको शिमलास्थित कोटखदाई क्षेत्रमा सोमबार भएको गाडी दुर्घटनामा ४ जना नेपालीको ज्यान गएको छ। हिन्दुस्तान टाइम्सका अनुसार, दुर्घटनामा सवार गाडी सडकबाट गहिरो खोंचमा खसेपछि घटना भएको हो।

मृतक सबैजना सल्यान कुमाख गाउँपालिका–४ का हुन्। गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीका अनुसार, मृत्यु हुनेमा डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट रहेका छन्। घटनामा नेभ बहादुर र सज्जन नाम गरेका दुई व्यक्ति घाइते भएको उल्लेख हिन्दुस्तान टाइम्सले गरे पनि पालिका अध्यक्षले घाइतेको नाम यकिन नभएको बताएका छन्। अध्यक्ष बुढाथोकीका अनुसार, उनीहरू कामका लागि भारत गएका हुन् भन्ने सुचना आएको छ। दुर्घटनास्थलमा सडक क्षति भएको कारण शव ल्याउन कठिनाइ भएको र बाटो बनाउन काम भइरहेको उनले जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार, चालकले गाडीको नियन्त्रण गुमाएका कारण गाडी गहिरो खोँचमा खसेको जनाइएको छ। यो दुर्घटनाले कामको सिलसिलामा विदेश पुगेका नेपालीहरूका लागि जोखिम अझै उच्च रहेको यथार्थ उजागर गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ