“राजकीय सम्मानमा विदाइ: जेनजी आन्दोलनका सहिदहरू पशुपति लगिए”

काठमाडौँ भदौ ३१ । जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका १० जना शहीदको पार्थिव शरीरलाई आज त्रिवि शिक्षण अस्पतालबाट नगर परिक्रमा गर्दै अन्त्येष्टिका लागि शव यात्रा निकालिएको छ। पार्थिव शरीरहरू विमानस्थल हुँदै पशुपति आर्यघाटतर्फ लगिएको छ।

राजकीय सम्मानका साथ गरिएको शवयात्रामा ठूलो जनसहभागिता देखिएको छ। शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न काठमाडौंका विभिन्न क्षेत्रबाट सर्वसाधारण, सामाजिक अगुवा र राजनैतिक दलका प्रतिनिधिहरू उपस्थित छन्।परिवारजनका अनुसार, ती १० शहीदमध्ये ४ जनाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिनेछ। बाँकी ६ जनाको पार्थिव शरीर नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूको जन्मथलो लगिएको छ, जहाँ स्थानीयस्तरमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने बताइएको छ। देशव्यापी आन्दोलनमा ज्यान गुमाएका यी शहीदहरूलाई राजकीय सम्मान दिने निर्णय सरकारले गरेको हो। आन्दोलनले देशलाई हल्लाएको भए पनि, सहिदहरूको बलिदानले नयाँ राजनीतिक बहस र जनचेतनाको लहर ल्याएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ