काठमाडौँ भदौ ३१ । जेनजी आन्दोलनपछि केही दिन नेपाली सेनाको सुरक्षामा सैनिक ब्यारेकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु मंगलबार पहिलोपटक सार्वजनिक भएका छन्।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका प्रचण्डले आगजनीबाट क्षतिग्रस्त भवनको निरीक्षण गरेका थिए। कार्यालयमै अवस्थित सहिद स्मारकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले अबको पार्टी कार्यालय आफ्नै बलबुतामा नयाँ र भव्य बनाइने घोषणा गरे। उक्त कार्यक्रममा माओवादी केन्द्रका अन्य शीर्ष नेताहरू पनि सहभागी थिए। जेनजी युवा आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएको थियो, जसपछि आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रचण्डसहित नेताहरूलाई सेनाले ब्यारेकमा राखेर सुरक्षा दिएको थियो।
प्रचण्डको ताजा सार्वजनिक उपस्थितिलाई पार्टीको पुनर्संगठन र राजनीतिक सक्रियताको संकेतको रूपमा हेरिएको छ।






