प्रधानमन्त्री कार्कीको नेतृत्वमा पहिलो मन्त्रिपरिषद् बैठक आज साढे ४ बजे

काठमाडौँ भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीले तीन नवनियुक्त मन्त्रीसँगै मन्त्रिपरिषद्को पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बोलाउने निर्णय गरेकी छन्। बैठकमा नयाँ मन्त्रीहरू र सम्बन्धित मन्त्रालयका सचिवहरूले एजेन्डामा छलफल गर्ने तयारी गर्नेछन्।

आजै शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले रामेश्वर खनाललाई अर्थमन्त्रालय, ओमप्रकाश अर्याललाई गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालय, तथा कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्रदान गर्दै शपथ गराएका थिए। प्रधानमन्त्री कार्कीको नेतृत्वमा पहिलो मन्त्रीपरिषद् बैठकले आगामी योजनाहरू तथा मन्त्रालयहरूको कार्यप्रवाहमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर