काठमाडौँ भदौ ३० । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेका छन्।
गृह मन्त्रालयले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने भएको हो। मन्त्री अर्यालका अनुसार, प्रत्येक मृतक परिवारलाई काजकिरियाका लागि एक लाख रुपैयाँ उपलब्ध गराइनेछ भने शव घरसम्म पु(याउने जिम्मा पनि सरकारले लिनेछ। सोमबार गृहमन्त्रालयमा पदभार ग्रहण गर्दा मन्त्री अर्याललाई गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
मन्त्री अर्यालले शान्ति र स्थायित्व कायम गर्न सबैसँग संयमता र सहकार्यको अपिल समेत गरेका छन्।





