कुलमान घिसिङले मन्त्रीको पारिश्रमिक र सुविधा नलिने घोषणा

काठमाडौँ भदौ ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै सादगीपूर्ण र प्रेरणादायी निर्णयहरू घोषणा गरेका छन्।

सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले सरकारबाट पाउने तलबभत्ता र अन्य सुविधा नलिने घोषणा गरे। उनले आफूले पाउने सम्पूर्ण तलबभत्ता जेन–जी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारको नाममा निर्माण गरिने कोषमा जम्मा गर्ने बताए। त्यसका साथै उनले सुरक्षा सुविधा पनि नलिने जनाएका छन्। मन्त्री भएपछिको पहिलो निर्णयस्वरूप घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम असुल गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

अझै उनले पद र ओहदाको आडमा विशेष व्यवहार नदिइयोस् भन्ने संकेत दिँदै, आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगर्न पनि आग्रह गरेका छन्। सरकारी सुविधा त्याग्दै जिम्मेवारी निर्वाहमा अघि सर्ने घिसिङको यो निर्णय सामाजिक सञ्जालमा समेत प्रशंसित हुन थालेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ