जनमत पार्टी सचिव साहमाथि कारबाही, बलात्कार मुद्दा दर्तापछि निलम्बन

जनकपुरधाम भदौ ३० । बलात्कार सम्बन्धी मुद्दामा नाम जोडिएपछि जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद वीपी साहलाई निलम्बन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले सोमबार निर्णय सार्वजनिक गर्दै, अनुसन्धान पूरा नहुञ्जेल सचिव पद र पार्टीको साधारण सदस्यताबाट समेत साहलाई निलम्बन गरिएको जनाएको हो।

अनुशासन समितिद्वारा जारी पत्रअनुसार, २०८१ चैत ३१ गते साहविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। त्यस सम्बन्धमा भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गरेपछि पार्टीको ध्यान गम्भीर रूपमा आकर्षित भएको समितिले उल्लेख गरेको छ। अनुशासन समितिले साहलाई ७ दिनभित्र लिखित रूपमा स्पष्टिकरण पेश गर्न पनि आग्रह गरेको छ। अनुसन्धान नसकिएसम्म उनीमाथिको पार्टी जिम्मेवारी र सदस्यता निष्क्रिय हुने स्पष्ट गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ