गाजा भदौ ३० । इजरायली सेनाले गाजाका आवसीय भवनहरूमा गरेको शक्तिशाली आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ। पछिल्लोपटक भएका हवाई हमलामा १६ वटा आवसीय टावरहरू पूर्ण रूपमा ध्वस्त भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गाजाको उत्तरी क्षेत्र कब्जा गर्ने तथा स्थानीय जनतालाई विस्थापित गर्न इजरायली सेनाले आक्रमण तीव्र पारेको छ। रमल क्षेत्रमा रहेको प्रमुख अल–कौथर टावर ध्वस्त हुँदा एक हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी यूएनआरडब्ल्युएकी प्रमुख फिलिप लाजारिनीले पछिल्लो चार दिनमा एजेन्सीका १० भवनहरू लक्षित गरी आक्रमण गरिएको पुष्टि गरेका छन्। यस घटनाले क्षेत्रीय सुरक्षा र मानवीय अवस्थालाई थप संकटमा पारेको छ।





