काठमाडौँ भदौ २९ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सर्वोच्च अदालतले आइतबारदेखि टेन्ट टाँगेर सेवा पुनः सुरु गरेको छ। अदालत भवनमा आगजनी भएपछि भौतिक पूर्वाधार नष्ट भएकाले कर्मचारीहरूले अस्थायी टेन्टभित्रबाट काम थालेका हुन्।
प्रदर्शनको क्रममा महत्त्वपूर्ण कागजातहरू समेत जलेर नष्ट भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्याउनेलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएकी छन्।





