जनकपुरधाम उपमहानगर कार्यालय सञ्चालनमा आउन एक महिनाको समय लाग्ने

जनकपुरधाम भदौ २९ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण जनकपुरधाम उपमहानगरपालिका कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना समय लाग्ने भएको छ।

उपमहानगरको पाँच तले भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा कार्यालयका अधिकांश शाखा हाल काम गर्न सक्ने अवस्थामा छैनन्। कर शाखा प्रमुख तथा प्रवक्ता परमेश झाका अनुसार, आगजनीका कारण महत्वपूर्ण कागजातहरूदेखि विद्युतीय सामग्रीहरू जलेर नष्ट भएका वा लुटिएका छन्। उनले भने, तत्काल कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री खरिद गर्नुपर्ने अवस्था छ। यथाशीघ्र काम सुरु गरे पनि कार्यालय सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्छ।

झाका अनुसार, कार्यालयमा कर संकलनका लागि भण्डारण गरिएको करिब २०० ग्यास सिलिण्डरमध्ये ७८ वटा विस्फोट हुँदा भवनको पछाडिको भाग पूर्ण रूपमा ध्वस्त भएको छ। हाल उपमहानगर प्रमुखको कार्यकक्ष, अभिलेख शाखा र लेखा शाखाबाहेक अन्य सबै शाखा पूर्ण रूपमा असक्षम छन्। अत्यधिक क्षतिको विवरण दिन्दै झाले थपे कि, आगलागीबाट एक एम्बुलेन्स, दुई गाडी र करिब आधा दर्जन मोटरसाइकल समेत नष्ट भएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर