हेटौडाँ भदौ २९ । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आइतबार बिहान आक्रमण भएको छ। हेटौँडा–१ बुद्धचोकस्थित आफ्नै पसल अगाडि साथीहरूसँग बसेका बेला बानियाँमाथि एक्कासि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आक्रमणमा संलग्न ५१ वर्षीय पुरुषोत्तम खडका, हेटौँडा–२ निवासी रहेका छन्। उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ। उपमेयर बानियाँलाई आक्रमणबाट सामान्य चोट लागेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। आक्रमणकारी खडकाले यसअघि नेता विरोध खतिवडामाथि पनि आक्रमण गरेको इतिहास रहेको प्रहरी स्रोतको दाबी छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।






