काठमाडौँ भदौ २९ । गत हप्ताको जेनजी आन्दोलनपछि अवस्था सामान्य हुँदै गएसँगै सिंहदरबारमा कर्मचारीहरूको चहलपहल बढ्न थालेको छ। आफ्ना मन्त्रालयको अवस्था बुझ्न र सरसफाइ गर्न कर्मचारीहरू कार्यालय पुग्न थालेका छन्।
आन्दोलनले क्षति पुर्याए पनि बाँकी सामग्री जोगाउन र काम पुनः सुचारु गर्न प्रयास भइरहेको छ। सिंहदरबार परिसरमा बिस्तारै नियमित गतिविधि सुरु हुने संकेत देखिएको छ।






