चुनावी माहोल सृजना गर्न निर्वाचन आयोगको तयारी तीव्र

काठमाडौँ भदौ २९ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा राष्ट्रिय निर्वाचन सम्पन्न गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले चुनाव तयारीमा तिव्रता दिएको छ।

जेनजी आन्दोलनको दबाबमा बनेको यो सरकारका प्रमुख कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ मा संसद् विघटन गरी नयाँ निर्वाचन घोषणा गरेका थिए। राष्ट्रपतिले शनिबार एक विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल र पक्षलाई सहकार्य गरेर निर्वाध तथा शान्तिपूर्ण निर्वाचन गराउन आग्रह गरेका छन्। निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले ‘हामी निर्वाचन सफल बनाउन विभिन्न तयारीमा जुटेका छौँ। मतदाता सूची अद्यावधिकदेखि जनशक्ति व्यवस्थापनसम्मका विषयमा छलफल गरिरहेका छौँ। छिट्टै यसका लागि ठोस योजना ल्याउनेछौँ,’ भने।

उनले मतदाता सूचिको अद्यावधिक र चुनाव व्यवस्थापनका चुनौतीलाई ध्यानमा राखेर आगामी दुई–तीन दिनभित्र रणनीति निर्धारण हुने जानकारी दिए। यसअघि भदौ २३ मा जेनजी आन्दोलनका क्रममा भएका हिंसा र दमनमा ५१ जनाको ज्यान गएको थियो भने करोडौं रुपैयाँको निजी तथा सार्वजनिक सम्पत्ति क्षति भएको थियो। मुलुकमा सुरक्षा अवस्था बिग्रिएपछि नेपाली सेनाको मध्यस्थतामा राष्ट्रपति र जेनजी पक्षबीच सहमति भएर कार्की नेतृत्वको अन्तरिम सरकार गठन गरिएको थियो। निर्वाचन आयोगले अब जनताको विश्वास जितेर चुनाव सम्पन्न गर्न सबै पक्षसँग समन्वय गर्दै छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ