आजको मौसम कस्तो रहला ?

काठमाडौँ भदौ २९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ, जसले गर्दा आज देशभर साधारण रूपमा बदली मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी क्षेत्रका केही स्थानहरू र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बाँकी प्रदेशका केही भागमा पनि हल्का वर्षा हुनसक्ने बताइएको छ।

कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ। मौसम विभागले स्थानीय तह र जनतालाई सतर्क रहन अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ