राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश – देश समृद्ध बनोस्, जनता सुरक्षित रहून

काठमाडौँ भदौ २८ । जटिल परिस्थितिमा आवश्यकताको सिद्धान्त Doctrine of Necessity को आधारमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नियुक्त भएकी सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई र कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ।

शुभकामना सन्देशमा उल्लेख गरिएको छ कि वर्तमान समय मुलुकको संवैधानिक, राजनीतिक र सामाजिक दृष्टिले अत्यन्त संवेदनशील रहेकोले प्रधानमन्त्री कार्कीको नेतृत्व निर्णायक र दूरदर्शी बन्ने अपेक्षा गरिएको छ। सन्देशमा भनिएको छ, “संघीयता, लोकतन्त्र, गणतन्त्र लगायतका ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै संविधान र विधिको शासन कायम गर्न प्रधानमन्त्री कार्कीको भूमिका महत्वपूर्ण रहनेछ। विशेषगरी आर्थिक, सामाजिक र राजनीतिक रूपले बहिष्करणमा पारिएका वा परेका सीमान्तकृत समुदायहरूले न्याय पाउने विश्वास गरिएको छ।”

देशमा व्याप्त अराजकता, भ्रष्टाचार र प्रशासनिक अव्यवस्था जस्ता विकृतिहरूको अन्त्य गरी सुशासन स्थापना गर्ने तथा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने कार्यमा निरन्तर समर्थन, सहयोग र साथ रहने प्रतिबद्धता सन्देशमा व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ