आजको मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ भदौ २८ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सामान्य स्थान आसपास अवस्थित छ, जसको प्रभावले आज देशभर मौसम साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईका केही साना क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले प्रष्ट पारेको छ। राति पनि देशभर सामान्यतया बदली रहने अपेक्षा गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा साथै बाँकी पहाड र तराईका केही साना क्षेत्रमा मध्यम वर्षा हुन सक्ने देखिएको छ।

त्यसैगरी, कोशी र मधेश प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने जोखिम रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार, स्थान–स्थानमा भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन स्थानीयलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ