पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त

काठमाडौ भदौ २७ । राजनीतिक दलहरूबीच लामो छलफलपछि अन्ततः प्रधानमन्त्री पदमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति तय भएको छ। राष्ट्रपतिको कार्यालयले उनी आजै शपथग्रहण गर्ने जानकारी दिएको छ।

राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीले राति ९ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछिन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको राजनीतिक इतिहासमा सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बन्न लागेकी हुन्। यो नियुक्ति विशेष महत्वको रूपमा हेरिएको छ, विशेषगरी पछिल्ला जनआन्दोलन र सत्ता संक्रमणको सन्दर्भमा।

हाललाई विस्तृत विवरणहरू सार्वजनिक भइनसके पनि स्रोतहरूका अनुसार अन्तरिम सरकारको रूपरेखा र प्राथमिकता तय गर्न गम्भीर तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ