जेनजी आन्दोलनका मृतक परिवारको काख फर्किंदै, शव हस्तान्तरण सुरू

काठमाडौँ भदौ २७ । जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिहरूको शव पोष्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ। महाराजगञ्जस्थित मेडिकल क्याम्पसमा शव परीक्षण सम्पन्न भएपछि मृतकका परिवारलाई शव बुझाउने काम भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, हालसम्म आन्दोलनका क्रममा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। उनका अनुसार, प्रहरीसँगको झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा २१ जनाको ज्यान गएको छ। त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना र कोटेश्वर प्रभागमा कार्यरत एक जना प्रहरीको मृत्यु भएको पनि पुष्टि गरिएको छ।

प्रदर्शनको क्रममा आगजनी, भागदौड, र करेन्ट लागेर थप १८ जनाको मृत्यु भएको छ। सरकारले मृतक परिवारलाई शव हस्तान्तरणसँगै आवश्यक राहत र न्याय सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ