काठमाडौँ भदौ २६ । आज बजारमा सुनको मूल्यमा लयतष्अभबदभि गिरावट आएको छ भने चाँदीको मूल्यमा कुनै खास परिवर्तन नभएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला २५ सय ५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ।
बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको अस्थिरता र स्थानीय माग घट्नुले यो गिरावटमा प्रभाव पारेको छ। सुनचाँदीको मूल्यमा यस्तो उतार(चढावले लगानीकर्ताहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।





