“भवन सुरक्षित नरहेपछि संघीय संसदको बैठक अनिश्चितकालका लागि स्थगित”

काठमाडौँ भदौ २५ । प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन जेनजी आन्दोलनको क्रममा मंगलबार ध्वस्त भएपछि बुधबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक बस्न नसक्ने भएको हो।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सभामुख देवराज घिमिरेको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, संघीय संसद भवनमा उत्पन्न विशेष परिस्थितिका कारण बैठक बस्न सक्ने अवस्था नरहेकाले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

यसअघि, भदौ २३ गतेका लागि तय गरिएको राष्ट्रिय सभा बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो। दुवै सदनका बैठकहरू प्रभावित भएपछि विधायन प्रक्रिया पूर्ण रूपमा ठप्प भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ