जेन्जी आन्दोलनको आडमा लुटपाट गर्ने २७ जना सेना नियन्त्रणमा

काठमाडौँ भदौ २५ । आन्दोलनको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २७ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। काठमाडौँको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट र होटेल हायातलगायतका स्थानहरूमा लुटपाटको घटना भएपछि ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

सेनाले सार्वजनिक गरेको जानकारीअनुसार आन्दोलनका नाममा केही समूहले अनुचित फाइदा उठाउँदै हिंसात्मक गतिविधिमा संलग्न हुन थालेपछि निगरानी कडा पारिएको छ। जनधनको क्षति बढ्न थालेपछि नेपाली सेनाले निषेधाज्ञा जारी गर्ने तयारीसमेत गरिरहेको छ। विशेषगरी भिडभाड हुने स्थान र अराजक गतिविधि भएका क्षेत्रमा कडाइ गरिने सेनाले जनाएको छ। यसैबीच, सेनाले लुटपाट, आगजनी, तोडफोड र जीउधनको क्षति जस्ता घटनाको सूचना दिनका लागि हटलाइन ९८६३०२९०२९ मा ध्जबतकब्उउ वा ख्ष्दभच मार्फत सन्देश पठाउन आग्रह गरेको छ।

सेनाले अत्यावश्यक सेवाबाहेक घर बाहिर ननिस्कन सबै नागरिकलाई आग्रह गर्दै सार्वजनिक शान्ति सुरक्षामा सहयोग गर्न अपिल गरेको छ। स्वास्थ्य, सुरक्षाकर्मी, दमकल, शव वाहन, एम्बुलेन्स जस्ता सेवाहरू भने सुचारु रहनेछन्।

प्रतिक्रिया
सम्बन्धित खवर