काठमाडौँ भदौ २४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनमा सहभागी जेन–जी पुस्तालाई घर फर्कन आग्रह गरेका छन्।
मंगलबार अपराह्न फेसबुकमार्फत सन्देश दिँदै उनले लेखेका छन्, “प्लीज जेन–जी, देश तपाईंहरूकै हातमा छ। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ, तपाईं–हाम्रो नै हुने हो। अब घर फर्कनुहोला।”
बालेनको अपिलले आन्दोलनको बीचमा शान्तिपूर्ण संवाद र आत्ममूल्यांकनको खाँचो औँल्याएको देखिन्छ। उनले आन्दोलनको भावना स्वीकार गर्दै संयमता अपनाउन आग्रह गरेका छन्।





