यातायात व्यवसायीको अनिश्चितकालीन बन्द घोषणा

काठमाडौँ भदौ २४ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर यात्रुवाहक तथा मालवाहक सवारी साधन नचलाउने घोषणा गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै जारी जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै यस्तो निर्णय सार्वजनिक गरेको हो। महासंघले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनबाट दमन भएको, कैयौँ युवाहरू घाइते भएको र १९ जना विद्यार्थीको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,
“काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको, कर्फ्यू आदेश जारी भइरहेका स्थानहरूमा सार्वजनिक तथा मालवाहक सवारी साधन सञ्चालन असहज भएकाले उचित सुरक्षा प्रत्याभूति नभएसम्म सेवा नचलाउने निर्णय लिएको छ।”

महासंघले यात्रुवाहक तथा मालवाहक सवारी संचालन नगर्न र नगराउन सबै पक्षसँग आग्रह गरेको छ। यस घोषणासँगै देशभर सार्वजनिक यातायात सेवा प्रभावित हुने निश्चित देखिएको छ। यात्रुहरूलाई वैकल्पिक व्यवस्था खोज्न अपिल गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर