पूर्व प्रधानमन्त्री देउवा र आरजुमाथि कुटपिट, अवस्था गम्भीर

काठमाडौँ भदौ २४ । मंगलबार उत्रिएका जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका छन्। ती दम्पती आन्दोलनको चपेटामा परेपछि शारीरिक चोट लागेको बताइएको छ।

यहीबीच, जेनजी युवाहरूले राजधानीको सिंहदरबार, संसद् भवन र विभिन्न शीर्ष नेताहरूको निवासमा आगजनी गरेको खबर आएको छ। देशका प्रमुख सहरहरूमा अहिले पनि प्रदर्शन जारी छन्, जसमा उग्र नाराबाजी, तोडफोड र हिंसात्मक झडप जारी रहेको छ। आन्दोलनले दिन प्रतिदिन थप असहज र अनियन्त्रित मोड लिँदै गएको देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ