रवि लामिछानेको कारागारभित्रबाट समर्थन, जेनजीको आन्दोलनले पायो नयाँ ऊर्जा

काठमाडौँ भदौ २३ । नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी पुस्ताले सोमबारदेखि सुरु गर्न लागेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्।

लामिछानेले कारागारभित्रैबाट जारी गरेको विज्ञप्तिमा, जेनजीको आन्दोलनलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालमाथि सरकारको नियमन प्रयासको कडा आलोचना गरेका छन्।

उनले भनेका छन्,

शासकहरूले तपाईंहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे। सत्ता र शक्तिको नशामा मग्न यिनीहरूलाई थाहा छैन — तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ।

सावधानीसहितको संघर्षको आग्रह

लामिछानेले आन्दोलनको पहिलो दिनलाई नयाँ इतिहासको शुरुवातू भनेका छन्। तर साथसाथै, उनले युवाहरुलाई सम्भावित घुसपैठ र उत्तेजनाबाट सचेत रहन आग्रह गर्दै भनेका छन्, विवेक प्रयोग गर्नुहोस्। तपाईंहरूको आफ्नो इतिहास र यो देशको इतिहास तपाईंहरुकै हातबाट लेखिँदैछ।

उनको यो सन्देशले आन्दोलनरत युवाहरूमाझ थप ऊर्जा भर्ने विश्वास गरिएको छ। रविको समर्थनले विशेषतः स्वतन्त्र युवा आन्दोलनमा राजनीतिक समर्थनको नयाँ आयाम थपेको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ