तराई–मधेसमा सर्पदंशको त्रास: घटनाहरू दिनानुदिन बढ्दै

जनकपुरधाम भदौ १८ । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका अनुसार दैनिक पाँचदेखि छ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन्।

अस्पतालका आपतकालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाका अनुसार, २०८० चैतदेखि हालसम्म १,११५ जना बिरामी सर्पदंशको कारण अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ। समयमै उपचार पाएका कारण मृत्युदरमा केही कमी आएको भए पनि हालसम्म ७ जनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ।स्वास्थ्यकर्मीहरूले वर्षा र गर्मीको मौसममा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। सर्पले टोकेको अवस्थामा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुग्न सुझाव दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ