कुनै हालतमा पद नछोड्ने मधेसका मुख्यमन्त्री सिंहको स्पष्ट भनाइ

जनकपुरधाम असोज ३ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने स्पष्ट अडान दोहोर्याएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूलाई कसैले चाहेर वा षड्यन्त्रपूर्वक राजीनामा गर्न बाध्य बनाउन नसक्ने दाबी गरे।

“म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग छु,” मुख्यमन्त्री सिंहले भने, “केही साथीले चाहेका भरमा म राजीनामा दिन्नँ। म सदन सामना गर्न तयार छु। संसदबाट विश्वासको मत नपाए मात्र पद छोड्छु।” भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा दिने अभिव्यक्ति दिए पनि त्यो सम्पत्तिमा क्षति नहोस् भन्ने भावनाले प्रेरित भएर दिएको बताएका छन्। अहिले भने आफू दृढतापूर्वक पदमा कायम रहेको उनले प्रस्ट पारे।

मुख्यमन्त्री सिंहले दुई दिनको आन्दोलनमा भएको भौतिक संरचनाको क्षति दस वर्षे माओवादी जनयुद्धको क्षतिभन्दा गम्भीर भएको उल्लेख गर्दै संघीयता जोगाउन मधेसी जनतालाई एकजुट हुन आह्वान गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ