सप्तकोसी नदीमा पानीको सतर्कता, पूर्वी पहाडी र तराईमा वर्षा प्रभाव

काठमाडौँ असोज २ । पूर्वी पहाडी र तराईका जिल्लामा लगातार वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव तीव्र रुपमा बढिरहेको छ। बुधबार साँझदेखि कोसी ब्यारेज भएर बग्ने नदीको बहावमा उल्लेखनीय वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले राति १० बजे मापन गर्दा पानीको बहाव प्रति सेकेन्ड २ लाख ५१ हजार ८६५ क्युसेक पुगेको जानकारी दिए। यसअघि राति ८ बजे मापन गरिएको बहाव २ लाख ४८ हजार २०० क्युसेक थियो। पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५२ मूल ढोका र ४ नहरको गरी जम्मा ५६ ढोकामध्ये ३५ वटा खोलिएका छन्। खतराको सूचकका रुपमा रातो बत्ती बालिएको छ भने नदी किनारमा सतर्कता अपनाउन स्थानीयलाई सचेत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ