भारतका प्रधानमन्त्री मोदीद्वारा नेपालको अन्तरिम प्रधानमन्त्रीलाई बधाई

भारत भदौ २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले नेपाली, हिन्दी र अंग्रेजी गरी तीन भाषामा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश पोस्ट गरेका हुन्।

नेपाली भाषामा लेखिएको ट्वीटमा मोदीले भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।” मोदीको यस्तो त्रिभाषिक सन्देशलाई कूटनीतिक सन्देशका रूपमा हेरिएको छ, जसले भारत र नेपालको सम्बन्धमा सद्भाव र सहयोगको संकेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ