जनकपुरधाममा सामान्यताको संकेत, चहलपहलमा वृद्धि

जनकपुरधाम भदौ २७ । जेनजी आन्दोलनपछिको अशान्ति र त्रासको वातावरण हट्दै गएको संकेत जनकपुरधाममा देखिन थालेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

जेनजी पुस्ताले प्रदर्शनका क्रममा गरेको आगजनी र तोडफोडपछि स्थानीयवासी त्रसित थिए। प्रहरी चौकीहरू जलेर ध्वस्त भएसँगै सुरक्षात्मक संरचना विघटित भएको थियो, जसले आम नागरिकमा असुरक्षा र अन्योलता निम्त्याएको थियो। तर पछिल्लो समय नेपाली सेनाको सक्रिय सुरक्षाको व्यवस्थासँगै जनकपुरमा सामान्यता फर्किन थालेको छ। स्थानीय बजारहरू खुल्न थालेका छन्, सडकमा सवारी चाप र मानिसहरूको आवागमन बढ्न थालेको छ।  एक स्थानीय व्यापारीका अनुसार, हामीले धेरै दिनदेखि पसल खोल्न सकेका थिएनौँ। अहिले स्थिति सहज देखिएपछि पुनः व्यवसाय सुरु गरेका छौँ।

शहरमा सुरक्षाकर्मीहरूको गस्ती बाक्लो छ, जसले सर्वसाधारणलाई हिँडडुल गर्न सहज बनाइरहेको छ। विद्यालयहरू पनि क्रमशः सञ्चालनमा फर्कन थालेका छन् भने यातायात सेवा आंशिक रूपमा सुचारु भएको छ। यद्यपि, केही स्थानहरूमा अझै सतर्कता अपनाइँदैछ, र प्रशासनले जनतालाई संयमित रहन अपिल गरेको छ। सुरक्षा संयन्त्र पुनः बलियो बनाउँदै लगिएको प्रहरी र सेनाको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ