“देउवा खतरामुक्त, उपचार सुरक्षित स्थानमा हुँदै”

काठमाडाँ भदौ २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। जेनजी आन्दोलनका क्रममा मंगलबार बुढानीलकण्ठस्थित निवासमा आक्रमणमा परेका देउवालाई सुरक्षाकर्मीहरूले उद्धार गरी सुरक्षित स्थानमा राखेर उपचार गरिरहेको स्रोतले जनाएको छ।

सैनिक स्रोतका अनुसार, आक्रमणपछि देउवालाई सेनाको हेलिकप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा देउवाको शरीर रगताम्मे देखिएको दृश्य देखिएको छ, जसले आक्रमणको गम्भीरता झल्काउँछ।

सरकारका एक उच्च अधिकारीले बताएका छन्, उहाँ अहिले सुरक्षित स्थानमा हुनुहुन्छ, स्वास्थ्य अवस्था खतरामुक्त छ।
देउवाकी पत्नी आरजु राणा देउवा पनि सुरक्षित स्थानमै रहेको पुष्टि भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ