अमेरिका भदौ १९ । अमेरिका सरकारद्वारा निष्कासित ३७ जना नेपाली नागरिक आज विशेष चार्टर उडानमार्फत नेपाल ल्याइँदैछन्।
‘उडान नम्बर एन८२८एएक्स’ नामक विमानमार्फत उनीहरूलाई नेपाल पठाउने तयारी गरिएको हो। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, यी नेपालीहरू अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका थिए। हालसम्म अमेरिका सरकारले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि दुई सयभन्दा बढी नेपालीलाई डिपोर्ट गरिसकेको छ।
हाल ल्याइँदै गरेका नेपालीहरू देशका विभिन्न २८ जिल्लाबाट अमेरिका पुगेका थिए। यद्यपि, अध्यागमन विभागले उनीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरेको छैन। नेपाल सरकार र अमेरिकी अधिकारीबीचको सहकार्यमा यस्ता चार्टर उडानमार्फत डिपोर्ट गरिएका नेपालीलाई व्यवस्थित रूपमा स्वदेश फिर्ता गरिने प्रक्रिया अगाडि बढाइएको छ।
