प्रधानमन्त्री ओलीको चीन भ्रमण सम्पन्न, साँझ साढे ८ बजे स्वदेश आगमन

चीन भदौै १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन एससीओ को शिखर सम्मेलनमा सहभागिता जनाएर चीनको औपचारिक भ्रमण सम्पन्न गरेका छन्। उनी आज राति साढे ८ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियानजिन प्रस्थान गरेका ओलीले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङ, तथा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसैगरी, उनले माल्दिभ्स, कम्बोडिया, लाओस, भियतनाम र भारतका प्रधानमन्त्रीहरूसँग पनि कूटनीतिक संवाद गरेका थिए। शिखर सम्मेलनमा नेपालको तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहकार्य र बहुपक्षीय साझेदारीको आवश्यकतामा जोड दिएका थिए। प्रधानमन्त्रीको भ्रमण टोलीमा वरिष्ठ मन्त्री, सल्लाहकार, सचिव र पत्रकारहरू समेत सहभागी थिए। भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ