अनुदानको २०० बोरा मल लुकाउने उदयपुरका व्यापारी पक्राउ

उदयपुर भदौ १८ । सरकारले किसानका लागि पठाएको २०० बोरा अनुदानको मल गोप्य रूपमा गोदाममा भण्डारण गरेको आरोपमा कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी पक्राउ परेका छन्।

१२ भदौमा जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले चौधरीको गोदाममा अनुदानको मल फेला पारेपछि शिलबन्दी गरी अनुसन्धान अघि बढाइएको थियो। इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार चौधरीलाई मंगलबार अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। सर्वदलीय छलफलपछि उक्त मल वडा नं १ देखि ७ सम्मका किसानलाई वितरण गर्ने निर्णय गरिएको छ। १७५ बोरा मल वडा वडामा पुर्‍याइएको छ भने प्रति बोरा एक हजार रुपैयाँ लिने व्यवस्था गरिएको छ। सो रकम राजस्व खातामा जम्मा गरिने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ