प्रधानमन्त्री ओली र माल्दिभ्स राष्ट्रपतिको भेट, क्षेत्रीय सहकार्यमा सहमति संकेत

चीन भदौ १६ । शंघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

चीनको थियानजिन शहरमा आयोजित सम्मेलनका क्रममा भएको यस भेटमा जलवायु परिवर्तनको असर र त्यसले साना तथा संवेदनशील मुलुकहरूमा पार्ने प्रभावबारे गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले “हिमालदेखि समुद्रसम्मको साझा सुरक्षा” अवधारणामा जोड दिंदै जलवायु संकटको समाधानका लागि विश्वका ठूला र जिम्मेवार मुलुकहरूले अग्रसरता लिनु पर्ने धारणा व्यक्त गरेका थिए। राष्ट्रपति मिज्जुले समेत उक्त विषयमा सहमति जनाउँदै नेपाल र माल्दिभ्सले वातावरणीय मुद्दामा आपसी सहकार्य गर्न सक्ने बताए।

भेटवार्तामा दुबै देशका प्रतिनिधिमण्डलमा सहभागी उच्चस्तरीय अधिकारीहरूको उपस्थिति रहेको थियो। एससीओ सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले यसअघि लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग पनि भेटवार्ता गरिसकेका छन्, भने रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको भेटवार्ता कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको यो भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा जलवायु लगायत साझा सरोकारका विषयमा आवाज उठाउने अवसर दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ