उखुको पीडा सडकमा, नेताहरू किसानसँगै

काठमाडौँ भदौ ११ । माइतीघर मण्डलामा उखु किसानहरूले अनुदानको माग गर्दै चौथो दिन पनि धर्ना जारी राखेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१ र ८२ को बाँकी अनुदान भुक्तानीको माग गर्दै सुरु भएको आन्दोलनमा अब राजनीतिक ऐक्यबद्धता पनि देखिन थालेको छ।

उखु उत्पादक महासंघको अगुवाइमा १३ जिल्लाबाट आएका किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भुक्तानी नपाएको भन्दै राजधानीमै दबाबमूलक कार्यक्रम गरिरहेका छन्। बुधबार उनीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न राजनीतिक दलका नेताहरू माइतीघर पुगेका छन्। सत्तारूढ नेपाली कांग्रेसका नेता एनपी साउद, प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० का गिरिराजमणि पोखरेल र बिना मगर तथा मधेसवादी दलका नेताहरूले धर्नास्थल पुगेर किसानको आवाजलाई समर्थन जनाए। नेताहरूले सरकार गम्भीर बन्नुपर्ने, किसानलाई प्रताडित नगरिनुपर्ने र तोकिएको अनुदान तत्काल दिनुपर्ने माग राखे।

किसानको आक्रोश, नेताहरूको उपस्थितिः दबाब बढ्दै

सडकमा नारा घन्किँदै गर्दा नेताहरूको उपस्थिति राजनीतिक रूपमा सन्देशमूलक बनेको छ। किसानहरू भने आन्दोलन तबसम्म नरोकिने बताउँछन्, जबसम्म सरकारले लिखित सहमति जनाउँदै रकम दिन सुरु गर्दैन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ