भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, ८ मृतक र ४५ घाइते

भारत भदौ ९ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत बुलन्दशहरमा गएराति भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

राजस्थानतर्फ जाँदै गरेको ट्रयाक्टरको ट्रलीमा झण्डै ६० जना यात्रु सवार रहेका बेला पछाडिबाट आएको ट्रकले ट्रयाक्टरलाई अलिगढ सीमाना नजिक ठक्कर दिएको स्थानीय प्रहरीले जनाएको छ। ती यात्रुहरू कासगञ्ज जिल्लाबाट यात्रा गरिरहेका थिए। दुर्घटनामा घटनास्थलमै आठ जनाको मृत्यु भएको हो भने ४५ जना घाइते छन्, जसमा तीन जनाको अवस्था गम्भीर रहेको बीबीसीको प्रतिवेदनमा उल्लेख छ।

घाइतेहरूको उपचार नजिकैका अस्पतालहरूमा भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ