काठमाडौँ भदौ ७ । सर्वोच्च अदालतले बाबुआमा वा सौतेनी आमाले कमाएको सम्पत्तिमा सबै छोराछोरीको समान अधिकार हुने स्पष्ट व्याख्या गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासबाट २०८१ चैतमा गरिएको उक्त फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो।
फैसलामा भनिएको छ, कानूनले अंशबन्डाका सन्दर्भमा आमाु वा छोराछोरीु भन्ने शब्दले सौतेनी आमा र सौतेनी छोराछोरीसमेत बुझिन्छ। अर्थात्, सौतेनी नाताको आधारमा सम्पत्तिमा विभेद गर्नु संविधान र कानूनी मर्मविपरीत ठहरिएको छ। अदालतले बाबुआमाले जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति सम्पूर्ण सन्तानको लागि पैतृक सरह हुने उल्लेख गरेको छ। त्यस्तै, सौतेनी आमाले दाइजो, बकसपत्र वा अन्य कुनै माध्यमबाट प्राप्त गरेको सम्पत्तिमा पनि उनका सबै सन्तानको समान अधिकार हुने स्पष्ट पारेको छ।
ूकेवल आफ्नै सन्तानलाई पैतृक सम्पत्ति दिनु र सौतेनी छोराछोरीलाई अंशबाट वञ्चित गर्नु न्यायोचित ठहर्दैन,ू फैसलामा उल्लेख गरिएको छ।





