सिरहाको गोलबजारमा सिंचाइ संकट समाधान गर्न ६ डिप बोरिङ स्थापना

सिरहा भदौ ५ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानका लागि सिरहाको गोलबजार नगरपालिका–२ निपनियामा डिप बोरिङ स्थापना गरिएको छ। गोलबजार नगरपालिकाको पहल र कमला सिँचाइ आयोजना कार्यालयको समन्वयमा ७० लाख रुपैयाँ लागतमा गरिएको उक्त डिप बोरिङको उद्घाटन पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बुधबार गरे।

सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त योजनाअन्तर्गत १० हजार लिटर क्षमताको पानी ट्याङ्की पनि निर्माण गरिएको छ। कमला सिँचाइ कार्यालयका अनुसार यो बोरिङ प्रणालीबाट करिब ७० बिघा जमिनमा सिँचाइ हुने अपेक्षा गरिएको छ। गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार हालसम्म नगरका विभिन्न ठाउँमा ६ वटा डिप बोरिङ स्थापना भइसकेका छन्। खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानहरूलाई राहत पुग्ने विश्वास लिएका छौं, उनले बताए।

स्थानीय किसानहरूले यसबाट राहत महसुस गरेका छन् भने नगरपालिकाले आगामी दिनमा थप ठाउँमा पनि यस्तो सुविधा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ