कारत भखौ ४ । मुम्बईमा जारी रेड अलर्टका बीच भारी वर्षाले बलिउडका महानायक अमिताभ बच्चनको जुहूस्थित प्रतीक्षा बंगला डुबानमा परेको छ। इन्टरनेटमा सार्वजनिक भएको एउटा भिडियोमा अमिताभ बच्चन आफैं वाइपर उठाएर बंगला सफा गरिरहेको दाबी गरिएको छ।
जुहू क्षेत्रमा सडकहरू पानीले भरेका छन् र त्यही पानी बिग बीको बंगला भित्र पसेको छ। यसैगरी, उनको दोस्रो बंगला जलसामा ‘जलसा’ पनि वर्षाले पूर्ण रूपमा प्रभावित भएको छ। स्थानीय सुरक्षा कर्मीले बाहिरबाट आएका व्यक्तिहरूलाई तुरुन्तै प्रवेश रोक्न बाध्य भएका थिए।
मुम्बईमा अमिताभ बच्चनका कुल पाँच बंगला छन्, जसमा मुख्य रूपमा प्रतीक्षा बंगला रहेको छ, जहाँ उनी परिवारसँग बस्छन्। आगामी अगष्ट १९ बाट सुरु हुन लागेको लोकप्रिय रियालिटी शो ‘बिग बोस २०’ को मिडिया हाउस टुर वर्षाको कारण रद्द गरिएको छ।





