बलिउड अभिनेता दीपराज नेपाली सिनेमामा देखिदै

काठमाडौँ साउन २३ । बलिउडका अनुभवी अभिनेता दीपराज राणा ११ वर्षपछि नेपाली सिनेमामा पुनः देखा पर्न लागेका छन्। उनले फिल्म सुख दुःखु मा अभिनय गर्ने पक्का भएको छ।

निर्मात्री नीता ढुङ्गानासँग लिखित सम्झौता गर्दै राणाले फिल्ममा काम गर्न सहमति जनाएका हुन्। कथा सुनेपछि आफू निकै भावुक बनेको र अभिनय गर्ने निर्णय गरेको राणाको भनाइ छ। यद्यपि, फिल्ममा उनको भूमिकाबारे खुलाइएको छैन।

दीपराज राणाले यसअघि श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको सुपरहिट फिल्म कोहिनुरु मार्फत नेपाली फिल्ममा अभिनय गरेका थिए। उक्त फिल्म रिलिज भएको ११ वर्षपछि उनी फेरि नेपाली पर्दामा फर्किन लागेका हुन्। राणाले सिंघम रिटर्न्सु, प्रेम रतन धन पायोु, दबङ ३ु, मेट्रो इन दिनोु, सितारे जमीन परु, जस्ता चर्चित बलिउड फिल्महरूमा दमदार अभिनय गरेका छन्।

नीता फिल्म्सको ब्यानरमा निर्माण हुने ‘सुख दुःख’मा यसअघि विपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्धित भइसकेका छन्। फिल्मको छायांकन आगामी फागुनदेखि सुरु हुने तयारी छ भने प्रदर्शन २०८३ सालको दशैंको फूलपातीमा गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर