सुनसरी साउन २१ । सुनसरीको कोशी गाउँपालिका–८ भिमनगर बोर्डर पोस्टबाट प्रहरीले ३८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सप्तरी हनुमान क्रंकालिनी नगरपालिकाका २६ वर्षीय राजेश कुमार रजक र २५ वर्षीय राजेश चमार रजक हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको छ। पक्राउ परेका व्यक्ति भारतबाट नेपालतर्फ लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा आएका थिए। आरोपीहरूले उक्त रकम ‘अर्को व्यक्तिले दिएको’ बयान दिएका छन्। प्रहरीले रकम दिने व्यक्तिको खोजी तथा अनुसन्धान गर्दैछ।





