पर्सामा पारिवारिक हिंसाले लियो ज्यान, श्रीमान्‌माथि हत्या अभियोग

पर्सा साउन १८ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ। वादविवादका क्रममा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएपछि श्रीमान् पक्राउ परेका छन्।

शनिबार साँझ प्रहरीले शंकरसरैया मुसहर टोल निवासी जितन माझीलाई उनकी २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घरेलु विवादकै क्रममा जितनले श्रीमतीमाथि कुटपिट गरेका थिए, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको थियो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घटनापछि भाग्ने प्रयास गरेका जितनलाई तत्कालै पक्राउ गरी हिरासतमा लिइएको छ। हाल उनीमाथि कर्तव्य ज्यानसम्बन्धी अभियोगमा थप अनुसन्धान जारी छ। स्थानीयस्तरमा परिवारिक हिंसा बढ्दो अवस्थामा रहेको बेला यो घटना चिन्ताजनक रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ