घरमै करेन्ट लाग्दा बालकको मृत्यु, परिवार शोकमा

बैतडी साउन १७ । बैतडीको डिलाशैनी गाउँपालिका–३ गिरीबगरमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ।

प्रहरीका अनुसार स्थानीय केशव कोलीका १३ वर्षीय छोरा किरण कोली आज दिउँसो डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका बेला दुर्घटनामा परेका हुन्। बालुवा संकलनको क्रममा खोलानजिकै रहेको विद्युत् पोलमा छोएका किरणलाई तीव्र करेन्ट लागेको थियो।

घटनापछि तत्काल उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए दुर्घटनाको कारण र विद्युत् संरचनाको अवस्थाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ