कैलालीमा चक्कु प्रहारबाट किशोरीको हत्या, घटना रहस्यमय

कैलाली साउन १७ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजवालमाथि शनिबार बिहान चक्कु प्रहार गरी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, ३३ वर्षीय नृप साउदले उनलाई घाइते बनाएपछि उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको छ।

प्रहरीले घटनामा संलग्न साउदलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप कारण अनुसन्धान भइरहेको छ। पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ