उखु किसानको भदौ २५ देखि राष्ट्रिय राजमार्ग बन्द गर्ने चेतावनी

काठमाडौँ भदौ १४ । सात दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसिरहेका उखु किसानहरूले आगामी २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। उखु उत्पादक महासंघले शनिबार एक पत्रकार सम्मेलनमा यो घोषणा गर्दै भने, किसानहरूको समस्यामा सरकारको लापरवाही र गैरजिम्मेवार कदमले हामीलाई चुप बस्न दिएको छैन, अब सडकमा उत्रन बाध्य भएका छौं।

महासंघले आगामी भदौ २५ गते सर्लाहीको हरिवनमा किसानहरूको सभा आयोजना गर्ने र त्यसपछि राष्ट्रिय राजमार्गमा चक्का जाम गर्ने चेतावनी दिएको छ। यसका लागि उखु उत्पादक महासंघले किसानहरूलाई उक्त दिन हरिवनमा उपस्थित हुन अपील गरेको छ। उखु किसानहरूको मुख्य माग भनेको कृषि मन्त्रालयले किसानलाई बाँकी रहेको अनुदान रकम विना सर्त तत्काल भुक्तानी गर्नु र उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्नु हो। महासंघले भने, कृषि मन्त्रीसँग तीन पटक वार्ता गर्दा कुनै निष्कर्षमा पुग्न सकिएको छैन।

यसअन्तर्गत, किसानहरूको भनाइ अनुसार, सरकारको बजेटमा २ अर्ब रुपैयाँ स्वीकृत भएको भए पनि अनुदान रकममा कटौती गरिएको छ। उनीहरूले यो कदमलाई गैरजिम्मेवारू र किसानहरूको आत्मसम्मानमा ठेस पुर्याउनेू भनेका छन्।महासंघका अनुसार, सरकारको लापरवाही र अर्थ मन्त्रालयको निर्णयले हामीलाई पलायन हुन बाध्य तुल्याएको छ, भन्दै सरकारले आफ्नो नीतिमा सुधार नगरेको खण्डमा सडक संघर्षलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ