“उत्तराखण्डमा बाढी र पहिरोले क्षति पुर्‍यायो, ८ जना बेपत्तामा चार नेपाली”

भारत भदौ १४ । भारतको उत्तराखण्ड राज्यमा अतिवृष्टि र त्यसका कारण आएको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। विशेषगरी रुद्र प्रयाग जिल्लाको पूर्वी बांगर क्षेत्रको छेना गाड गाउँमा ठूलो क्षति पुगेको छ। शुक्रवार बिहानै मुसलधारे वर्षासँगै पहाडबाट लेदो सहितको बाढी आएको थियो जसले १५ वटा भन्दा धेरै घर र पसललाई बगाएको छ।

यस प्राकृतिक प्रकोपका कारण कम्तीमा ८ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ, जसमा ४ जना नेपाली नागरिक र १ जना वनकर्मी पनि समावेश छन्। उद्धार कार्यमा संलग्न टोलीलाई उक्त क्षेत्रको अवरुद्ध सडक र पैदलमार्गका कारण धेरै समस्या भएको छ। बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको थियो। स्थानीय प्रशासनका अनुसार, क्षतिको पूर्ण विवरण भने अझै प्राप्त हुन बाँकी छ। उद्धारकार्य र राहत वितरण कार्य तीव्र गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ