युक्रेनमा रुसी आक्रमण: ड्रोन र क्षेप्यास्त्र प्रहारमा २१ जनाको ज्यान गयो

रूस भदौ १३ । रूसले बिहीबार युक्रेनमाथि गरेको भीषण हवाई आक्रमणमा ५५१ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्र प्रयोग गरेको बीबीसीले जनाएको छ। आक्रमणमा ४ बालबालिकासहित २१ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्।

यो आक्रमण अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको भेटवार्ताको केवल १३ दिनपछि भएको हो, जसले यसका राजनीतिक संकेतहरूलाई अझै चासोको विषय बनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसमाथि तीव्र आलोचना गर्दै भने, रूसले शान्तिको बाटो होइन, मिसाइलको बाटो रोजेको छ। यसपटकको हमलामा केवल सर्वसाधारण मात्रै नभई अन्तर्राष्ट्रिय संस्था र विदेशी कूटनीतिक संरचनाहरू पनि लक्षित भएका छन्। रूसी मिसाइलका छर्राबाट ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको छ। यो पहिलोपटक हो जब ब्रिटिश सरकारको सम्पत्तिमा युक्रेनमा रूसी आक्रमणबाट क्षति पुगेको हो। साथै, युरोपेली संघका कूटनीतिक भवनहरूमा पनि क्षति पुगेको पुष्टि भएको छ।

बेलायत र युरोपेली संघले आक्रमणप्रति कडा आपत्ति जनाउँदै कीभस्थित रूसी राजदूतहरूलाई तलबुझाइ गर्न बोलाएका छन्। यता, अमेरिकाको ह्वाइट हाउसले भने वार्ता प्रक्रियालाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ